ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट : स्वदेशी ‘फिल्टर’ कफीको माग बढ्यो

२०८० मंसिर, ३  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपाली बजारमा स्वदेशमा उत्पादित ‘फिल्टर’ कफीको माग बढेको छ । नेपालमा कफीको ४० प्रतिशत खपत स्वदेशी बजारमा हुन थालेको व्यवसायीहरूले बताएका छन् । ‘तीन वर्षअघिसम्म उत्पादनको ९∞प्रतिशतभन्दा बढी हिस्सा विदेश निर्यात हुन्थ्यो,’ नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले भने, ‘स्वदेशमै कफीको बजार ह्वात्तै विस्तार भएको छ ।’ केही वर्षअघिसम्म भारतलगायतका देशबाट आयातित कफीमा निर्भर नेपालले हाल विदेशी कफीलाई विस्थापित गर्न थालेको बताइन्छ । गतवर्ष नेपालले ४ सय २९ मेट्रिक टन ‘पार्चमेण्ट कफी’ (बोक्रा छोडाइएको दाना कफी) उत्पादन गरेको तथ्यांक छ । ‘विदेशी कफीलाई ३५ प्रतिशत विस्थापित गरिसकेका छौं,’ भण्डारीले भने, ‘अबको ७/८ वर्षभित्र विदेशी कफीलाई पूर्णतया विस्थापित गर्न सकिन्छ ।’ 

वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)