ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन महिनामा सयपत्रि हाइड्रोपावरले कमायो १ करोड १८ लाख नाफा, अन्य सूचक कस्ता ?

२०८० मंसिर, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सयपत्रि हाइड्रोपावर लिमिटेडले चालू अर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २० दशमलव ६९ प्रतिशत कमि हो । सो अवधिमा कम्पनीले रू. १ करोड ४८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।

गत आवको तुलनामा कम्पनीको सञ्चालन नाफा १३ दशलमव ५३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड ७८ लाख रहेकोमा चालू आवमा घटेर रू. २ करोड ४१ लाखमा झरेको छ । 

चालू आवमा कम्पनीको नाफाघटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा रहेकोमा चालू आवमा घटेर ३ रुपैयाँ ९४ पैसामा सिमित भएको हो । कम्पनीको चुक्ता पूँजी रू. ३० करोड रहेको छ । चालू आवमा कम्पनीको रिटेन्ड अर्निङ भने रू. ४ करोड ५५ लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १९० गुणा र प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९१ पैसा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)