ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटी होटल बाहेक सबै होटल तथा पर्यटन समूहका कम्पनी नाफामा

२०८० मंसिर, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा होटल तथा पर्यटन समूहका   ६ सूचीकृत कम्पनीमध्ये कालिञ्चोक दर्शन  बाहेक सबैले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन  । उक्त वित्तीय विवरण अनुसार सिटी होटल बाहेक सोल्टी होटल, ताराँगाउँ रिजेन्सी होटल्स,ओरियण्टल होटल्स र चन्द्रागिरी हिल्स कम्पनी नाफामा रहेका छन् । 
यी कम्पनीहरुले चालू आवको पहिलो त्रैमासमा कुल रू. १२ करोड १ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ६३ दशलमव ६६ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीहरुले कुल रू. ७ करोड ३४ लाख नाफा कमाएका थिए ।  

आव २०८०/८१ को  पहिलो त्रैमास साउन, भदौ र असोज महिनामा होेटलमा पर्यटकीय ब्यवसायिक गतिविधिमा वृद्धि भएसँगै नाफा बढेको हो ।  सोही कारण  यी कम्पनीहरुको सञ्चालन आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा १८ प्रतिशत वृद्धि भएको छ । गत आवमा यी कम्पनीहरुको सञ्चालन आम्दानी रू.१ अर्ब ६ करोड रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब १६ करोड पुगेको हो ।  

चालू आवको पहिलो त्रैमासमा सिटी होटल रू. ६ करोड ३ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा पनि यस कम्पनी रू. ८ करोड ७५ लाख नोक्सानीमा थियो । यस आधारमा होटलको नोक्सानी केही घटेको छ ।  चालू आवमा होटलको आम्दानीमा वृद्धिभएसँगै नोक्सानी घटेको हो । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ९ करोड ९ लाख रहेकोमा चालू आवमा बढेर रू. ११ करोड ५९ लाख पुगेको छ । 

नाफामा रहेको पाँच कम्पनीहरु मध्ये सबैभन्दा बढी नाफा सोल्टी होटलले रू. १० करोड २३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको  तुलनामा भने ८ दशमलव ६३ प्रतिशत घटेको हो । गत आवमा होटलले रू. ११ करोड २० लाख नाफा कमाएको थियो । 

त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटल्सले रू. ४ करोड ४० लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको तुलनामा ७८ दशमलव ७० प्रतिशत वृद्धि भएको हो । गत आवमा होटल्सले रू. २ करोड ४६ लाख नाफा कमाएको थियो । 

 स्रोत ः कम्पनीहरुले प्रकाशित चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)