ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: नेप्से छुट्टै सीडीएस कम्पनी दर्ता प्रक्रियामा

२०८० मंसिर, ४  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

सीडीएस सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ कम्पनी दर्ता प्रक्रिया अगाडि बढाएको छ । नेप्सेले ‘सीडीएस क्लियरिङ कम्पनी लि’ नामको नयाँ कम्पनी दर्ता प्रक्रिया अगाडि बढाएको हो । गत मङ्सिरमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको नेपाल सेण्ट्रल डिपोजिटरी एण्ड क्लियरिङ लिमिटेड (एनसीडी) मा चुक्ता पूँजीबारे अरू हिस्सेदारसँग विवाद भएपछि कम्पनीको प्रमुख हिस्सेदार नेप्से एक्लैले नयाँ कम्पनी दर्ता प्रक्रिया अगाडि बढाएको हो । एनसीडीको चुक्ता पूँ्जी रू. ५० करोड छ । भारत सरकारले नेपाललाई उपलब्ध गराएको सहायता रकमलाई नेप्सेले एनसीडीमा आफ्नो तर्फको चुक्ता पूँजीस्वरूप लेखा राख्न खोज्दा अन्य प्रवद्र्धकहरू यसमा सहमत भएनन् । नेप्सेका महाप्रबन्धक शंकरमान सिंहले अभियानलाई भने, ‘पुरानो कम्पनीमा जम्मा गर्ने भनेको चुक्ता पूँजी कुनै पनि प्रवद्र्धकले जम्मा गरेका थिएनन् ।’ 

वर्ष ६, अंक ९२, बुधवार, ७ पुस, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)