ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विपिडब्लु लघुवित्तले तीन महीनामा कमायो ६६ लाख ८८ हजार नाफा

२०८० मंसिर, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात\ तीन महीनामा रू. ६६ लाख ८८ हजार नाफा कमाएको छ ।  गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. २५ लाख ८५ हजार नोक्सानीमा थियो । 

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेकाले र रू. १ करोड २६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफामा गएको हो । गत आवमा कम्पनीले रू. २० लाख ८ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४९ लाख ४९ हजार पुगेको छ । 

चुक्ता पूँजी रू. ३ करोड रहेको कम्पनीले जगेडामा रू. ९ लाख ८७ हजार सञ्चिति गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. १६ करोड १५ लाख सापटी लिएर, रू. ४ करोड ९१ लाख निक्षेप संकलन गरेर रू. १८ करोड ९५ लाखभन्दा कर्जा लगानी गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)