ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१०० मिलियन डलरसम्म लगानी गर्दै इन्ड्राइभ

२०८० मंसिर, ५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले सम्भावना भएका विभिन्न स्टार्टअपमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्यका साथ न्यू भेन्चर्स इन्भेस्टमेन्टकोे घोषणा गरेको छ । न्यू भेन्चर्सको नेतृत्व भाइस प्रेसिडेन्ट एन्ड्रिज स्मिथलाई दिएको बताइएको छ । कम्पनीले लगानीका लागि मापदण्डसमेत तय गरेको बताएको छ । लगानीका लागि सामाजिक न्याय र व्यक्ति तथा समुदायको जीवनस्तर उकास्ने खालका योजना र विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअप हुनुपर्ने कम्पनीको भनाइ छ ।

बजारमा स्थापित भएका व्यवसायमा पोस्ट–सीड/प्रि–सिरिजको रूपमा समेत लगानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै बजारमा प्रमाणित भइसकेको अवस्थाका स्टार्टअप समेत प्राथमिकतामा पार्न सक्ने कम्पनीको भनाइ छ । भाइस प्रेसिडेन्ट एन्ड्रिज स्मिथले मानिसको जीवनमा सुधार गर्ने किसिमका आविष्कार गर्न सक्षम कम्पनीमा लगानी गर्दै त्यस्ता कम्पनीको क्षमता र पहुँच विस्तारमा सघाउने बताए । इन्ड्राइभका प्रेसिडेन्ट मार्क लर्किनले न्यू भेन्चर्सको मुख्य उद्देश्य परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअप पहिचान गर्नु र तिनको सकारात्मक प्रभाव बढाउन सहयोग गर्नु रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)