ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण काबेली पावरले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँट, कट अफ मूल्य कति ?

२०८० मंसिर, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले मङ्सिर ४ गते शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

उक्त लिलामी शेयरको कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । १४६ रुपैयाँ १० पैसाभन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रूपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँट गरिएको छ । बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता मङ्सिर ६ गतेदेखि आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले असोज ३० देखि कात्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो ।  कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्सन गरेको थियो ।  

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)