ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाभांश पारितका लागि युनिलिभर नेपालले मङ्सिर २६ मा बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२०८० मंसिर, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ३०औं वार्षिक साधारण सभा मङ्सिर २६ गते गर्ने भएको छ । सभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा दिउँसो ४:३० बजे शुरु गर्ने जानकारी दिएको हो । सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)