ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंक म्युचुअलका दुई फण्डले इकाईधनीको बैंक खातामा पठाए लाभांश

२०८० मंसिर, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई फण्डले आफ्ना इकाईधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका छन् । एनआईसी एशिया क्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका हुन् ।

गत आवको मुनाफाबाट एनआईसी एशिया ब्यालेन्सड् फण्डले करसहित १० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले १० दशमलव ५० प्रतिशत नगद लाभांश करसहित दिएका हुन् । 

यी दुवै फण्डले मङ्सिर १ गतेदेखि इकाईधनीहरूको बैंक खातामा नगद लाभा‌ंश पठाउन शुरु गरेकाले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए/नभएको यकिन गर्न अनुरोध गरेका छन् । 

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका इकाईधनीले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खातामा समयमै अद्यावधिक गराउनु पर्नेछ ।

त्यसपछि बैंक खातामा नै नगद लाभांश प्राप्त हुनेछ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।  

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)