arthik abhiyan
प्रदेश ०१
सार्वजनिक जग्गा खोज्दै प्रदेश–१ सरकार, प्रमुख सचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन
NA
भदौ ३०, विराटनगर । प्रदेश–१ सरकारले प्रदेश भित्रका सार्वजनिक जग्गा खोज्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको आइतवार बसेको बैठकले प्रदेश भित्रका सरकारी तथा सार्वजनिक जग्गाको खोजी गरी विवरण संकलन गर्न प्रदेशका प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक...

वन्यजन्तु संरक्षणका लागि कृत्रिम पोखरी
NA
ताप्लेजुङ (अस) । खानेपानी तथा बासस्थानको अभावले जंगली जनावर लोप हुन थाले पछि ताप्लेजुङका सामुदायिक वनमा कृत्रिम पोखरी निर्माण गर्न थालिएको छ । पछिल्लो पटक जिल्लाका ८ स्थानमा कृत्रिम पोखरी निर्माण भएका छन् । यहाँका क्रियाशील सामुदायिक वनसँगको साझेदारीमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र तीनजु...

संघीय सरकारले बजेट नदिंदा विराटनगर चक्रपथको ठेक्का रद्द
NA
भदौ २८, विराटनगर । शहरी विकास तथा भवन कार्यालय १ नम्बर प्रदेशले विराटनगरको चक्रपथ निर्माणको ठेक्का रद्द गरेको छ ।   कार्यालयले सूचना प्रकाशित गरी ठेक्का रद्द गरेको हो । सो कार्यालयका प्रमुख दिगम्बर ठाकुरका अनुसार संघीय सरकारले चालू आर्थिक वर्षमा विराटनगरको चक्रपथ निर्माणमा एक पैसा पनि बजेट न...

भारत निर्यात सहज हुँदा अदुवाले उचित मूल्य पायो
NA
भदौ २८ ,पाँचथर । गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रतिमन अदुवाको मूल्य रू.१ हजारदेखि रू.१ हजार ५००को हाराहारीमा भएकोमा यस वर्ष बढेर रू. ६ हजार पुगेको छ ।  उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि...

मेचीमा भ्रमण वर्षको तयारी शुरू
NA
इलाम । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरू गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘भ्रमण प्याकेज’ बनाउने काम समेत थालेका छन् । पर्यटन व्यवसायीको भेलाले राजेन दंगालको अध्यक्षतामा मेची कोरिडोर पर...

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः १ हजार घरधुरी प्रभावित हुने
NA
      भदौ २६, सोलुखुम्बु । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् ।  नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुको सल्लेरीमा सार्वजनिक गरिएको सो आयोजनाको वातावरणीय प्रभाव म...

प्रदेश १ सरकारले बनायो ३६ ओटा कानून
NA
विराटनगर । अहिले सातओटै प्रदेशसभा कानून निर्माणमा जुटेका छन् । यो क्रममा प्रदेश नं १ को प्रदेशसभा सबैभन्दा अगाडि देखिएको छ । प्रदेशसभाले सरकार सञ्चालनका लागि आवश्यकताको आधारमा महत्त्वपूर्ण ३६ ओटा कानून बनाइसकेको छ । यस्तै अरू तीन विधेयक पनि पारित हुने प्रक्रियामा छन् । प्रदेश नं १ को प्रदेशसभामा...

पशु बीमामा आकर्षण बढ्दो
NA
पाँचथर (अस) । जिल्लामा पशु बीमामा कृषकको आकर्षण बढेको छ । घरमा पालेका गाईवस्तुको बीमा गर्दा पशुधनीको समेत दुर्घटना बीमा हुन थालेपछि पाँचथरमा पशु बीमा गर्ने किसानको संख्या बढ्दै गएको हो ।  स्थानीय तहसँगको समन्वयमा निर्जीवन बीमा कम्पनीमार्फत जिल्लाका ग्रामीण क्षेत्रमा पशु बीमा गराउन थालिएको हो...

पशु बीमामा कृषकको आकर्षण बढ्दो  
NA
भदौ २५, पाँचथर  । यस   जिल्लामा पशु बीमामा कृषकको आकर्षण बढेको छ ।  घरमा पालेका गाईवस्तुको बीमागर्दा पशु धनीको समेत दुर्घटना बीमा हुन थालेपछि पाँचथर जिल्लामा पशु बीमा गर्ने किसानको संख्या वढ्दै गएको हो ।स्थानीयतहसँगको समन्वयमा निर्जीवन बीमा कम्पनी मार्फत् जिल्लाका ग्रामिण क्षेत्रमा...

मापदण्ड अनुसार तलब नपाएको भन्दै आन्दोलन
NA
विराटनगर (अस) । मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरू आन्दोलित भएका छन् । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिलाई पटकपटक सरकारी नियम अनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनुवाइ नभ...