कैलाली । आर्थिक वर्ष २०६८/६९ मा शुरू भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण शुरू भएको १ दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून छ । ३८ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले शुरू भएको आयोजना निर्...
कञ्चनपुर । जिल्लाको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ रू. १ करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख ग...
कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसामान राख्नेलाई रु. पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । ‘हामी...
कञ्चनपुर । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नापजाँचको कार्य द्रुत गतिमा अघि बढाउन माग गरेको छ ।
भूमिसम्बन्धी ऐन (आठौं संशोधन) र भूमिसम्बन्धी नियम अठारौं संशोधनको व्यवस्थाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थि...
कैलाली । जिल्लाका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।
यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छा...
कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अघि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालीम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यम...
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय...
बैतडी । बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि शीपमूलक तालीम सञ्चालन गरिरहेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले शीपमूलक तालीम सञ्चालनमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।
हाल व...
बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । शुरू गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो ।
शुरूमा ‘ट्र्याक’ खोल्नै ढिला भएकोमा प्रदे...
बैतडी । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्...