काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड चैत मसान्तसम्ममा रू. ३ करोड ४२ लाख नोक्सानीमा छ । फागुन मसान्तमा भने फण्ड रू. १३ लाख ९५ हजार नाफामा थियो । चैतमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।
फागुन मसान्तमा फण्डको जम्मा खर्च रू. १ करोड ६६ लाख रहेकोमा चैत मसान्तमा बढेर रू. १ करोड ८५ लाख पुगेको छ । त्यस्तै चैत मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. १ करोड ५६ लाख ऋणात्मक छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) फागुनको तुलनामा चैतमा घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ रू. १० रुपैयाँ ८६ पैसा रहेकोमा चैत मसान्तमा घटेर रू. १० रुपैयाँ ५७ पैसामा सीमित भएको छ ।
यस फण्डले चैत मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १ अर्ब ४ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी फागुन मसान्तमा भने रू. १ अर्ब ५ करोडभन्दा बढी थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी केही घटाएको छ ।