काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) फागुनको तुलनामा चैतमा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको न्याभ ११ रुपैयाँ ११ पैसा रहेकोमा चैत मसान्तमा घटेर १० रुपैयाँ ८५ पैसामा झरेको हो ।
त्यस्तै फण्ड चैत मसान्तसम्ममा रू. १ करोड ५९ लाख नोक्सानीमा छ । फागुन मसान्तमा भने फण्ड रू. १ करोड ६१ लाख नाफा कमाएको थियो । चैतमा फण्डको आम्दानी घटेको र खर्चमा वृद्धि भएकाले नोक्सानीमा गएको हो । फागुन मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ३२ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. ३२ लाख ७ हजारमा झरेको छ ।
त्यसैगरी फण्डको कुल खर्च रू. १ करोड ७१ लाख रहेकोमा चैत मसान्तमा बढेर रू. १ करोड ९१ लाख पुगेको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरको लगानी भने फागुनको तुलनामा चैतमा घटाएको छ । फागुन मसान्तसम्ममा फण्डले रू. ८४ करोड ८९ लाख सूचीकृत शेयरमा लगानी गरेकोमा चैत मसान्तमा त्यस्तो लगानी रू. ८१ करोड ९५ लाखमा झरेको छ ।