पुस २, काठमाडौं (अस) । साताको पहिलो दिन नेप्से परिसूचक शून्य दशमलव ५८ प्रतिशत घटेको छ । कारोबार भएको पहिलो एक घण्टामा ८ दशमलव ८२ अङ्क घटेर परिसूचक १ हजार ५ सय ११ दशमलव ३३ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका १ सय ५ कम्पनीको रू. ७ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ ।
गरिमा विकास बैङ्कको संस्थापकको शेयर मूल्य रू. १ सय ६२ मा रू. २ करोड १० लाख बराबरको सबैभन्दा बढी शेयर कारोबार भएको छ । यस समयमा कारोबार भएका १० समूहको परिसूचकमा होटल, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.