वातावरण प्रदूषणबाट उत्पन्न रोगको उपचारका लागि काठमाडौं र ललितपुर जिल्लाका बासिन्दाले वार्षिक रू. २५ करोड ६० लाख खर्च गर्दै आएका छन् । ‘साउथ एशिएन नेटवर्क फर डेभलपमेण्ट एण्ड इकोनोमिक्स (स्याण्डी) को आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र केन्द्रीय विभागले गरेको अनुसन्धानबाट सो कुरा पत्ता लागेको हो । ‘मिजरिङ हेल्थ बेनिफिट्स फर्म एअर पोलुशन रिडक्शन इन काठमाण्डू भ्याली’ विषयक सो अनुसन्धान वातावरण प्रदूषणका कारण उत्पन्न रोगको उपचार लागत तथा प्रदूषणबाट सुरक्षित भएमा हुन सक्ने फाइदा पत्ता लगाउने उद्देश्यले गरिएको अर्थशास्त्र विभागले जानकारी दिएको छ । काठमाडौंको पुतलीसडक र ठमेल तथा ललितपुरको लगनखेल वरपरका क्षेत्रमा कम्तीमा ५ वर्षदेखि निरन्तर बसोवास गर्दै आएका स्थानीय बासिन्दालाई अनुसन्धानमा समावेश गरिएको थियो ।
वर्ष ६, अंक २१४, बुधवार, ६ वैशाख, २०६९