काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा छैटौं राष्ट्रिय मह मेला चलिरहेको छ ।
नेपाल मौरीपालक महासंघको आयोजनामा बिहीवारबाट मेला शुरु भएको हो । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए ।
मेलामा विभिन्न प्रकारका मह तथा मौरीजन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।
‘आत्मनिर्भर मौरी व्यवसायी, सक्षम, सुदृढ महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ भन्ने नारासाथ शुरु भएको मेलामा मौरीपालन प्रविधि, महजन्य परिकार, औषधीय मह र उत्पादन प्रक्रियाबारे जानकारी दिने विभिन्न स्टलहरू रहेका छन्।
मेलामा सातै प्रदेशका मौरी व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेला जेठ २४ सम्म सञ्चालन हुनेछ ।
मेलाका थप तस्वीरहरू