काठमाडौं । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
अहिले फ्लाइओभरमा कालोपत्रको काम भइरहेको छ । यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभीले जानकारी दिएको छ ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको फ्लाइओभर शुरु ठेक्का सम्झौताबमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।
आइतवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित निर्माणाधीन फ्लाइओभरको निरीक्षण गरेका छन्।
हेर्नुस् तस्वीरहरू