काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ३ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १२३ दशलमव ९३ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १ करोड ४२ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. ८ करोड ७५ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १९ करोड ४५ लाख पुगेको हो ।
चुक्ता पूँजी रू. १ अर्ब ५ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३ करोड २२ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४ पैसा, मूल्य आम्दानी अनुपात ६१ दशमलव ७६ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३ रुपैयाँ ६ पैसा रहेको छ ।