काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’ धरहरा भ्रमणको टिकट भुक्तानी पार्टनर बनेको छ । धरहरा प्रवेशमा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागू गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा सञ्चालित धरहराको वेबसाइटमार्फत सेवाग्राहीले अनलाइन टिकट खरीद गर्न सक्नेछन् ।
टिकट खरीद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरी टिकट बुक गर्न सकिने बताइएको छ । परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवालाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीलाई थप लाभ प्रदान गर्दै आएको बताइएको छ ।