कात्तिक १५, जनकपुरधाम (अस) । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशमा जारी आन्दोलन अझ सशक्त एवम् कठोर बनाउने निर्णय गरेको छ । दुई दिनसम्म जनकपुरमा चलेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सातबुँदे निर्णय सार्वजनिक गर्दै सो जानकारी दिइएको हो । जारी आमहड्ताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योगलगायत सरकारी कार्यालय तथा वित्तीय संस्था बन्द गर्ने कार्यक्रम अझै सशक्त रूपमा अगाडि बढाउने र शान्तिपूर्ण र अहिंसात्मक असहयोग आन्दोलनको क्रममा सम्पूर्ण औद्योगिक तथा व्यवसायीवर्ग, किसानलगायतको बैङ्क ऋणको ब्याज/जरीवाना मिनाहा गरिनुपर्ने र मधेशी, थारू, आदिवासी जनजाति, दलित, मुश्लिम, पिछडावर्गलगायतले उठाएको माग सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर रहने पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्षहरूले जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.