काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा उपभोक्ताको मूल्यमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएको छ ।
उक्त प्रतिवेदनअनुसार चालू आवमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करीब रू. ९ खर्ब ३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । यस्तै, मधेश प्रदेशको करीब रू. ७ खर्ब ४८ अर्ब, बागमती प्रदेशको करीब रू. २० खर्ब ७५ अर्ब हुने प्रक्षेपण गरिएको छ ।
यसैगरी, गण्डकी प्रदेशको करीब रू. ५ खर्ब १७ अर्ब, लुम्बिनी प्रदेशको करीब रू. ८ खर्ब १४ अर्ब, कर्णाली प्रदेशको करीब रू. २ खर्ब ४४ अर्ब, सुदूरपश्चिम प्रदेशको करीब रू. ४ खर्ब ४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालू आवको पहिलो ६-९ महीनासम्मको उपलब्ध आँकडा तथा सूचना प्रयोग गरी उक्त अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।
कुन प्रदेशको कति ?
कोशी प्रदेश
कोशी प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. ८ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८४ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा यस प्रदेशले १५.८८ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ ।
त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा यो वृद्धिदर २.१३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३२.८) प्रतिशत योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.३२ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ।
गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान ३२.६८ प्रतिशतमा हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३१ मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२.३२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै -२.६७ प्रतिशत उत्पादनमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी, गत आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २६.३० प्रतिशत विद्युत् क्षेत्रको र सबैभन्दा थोरै -२.९६ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ ।
मधेश प्रदेश
मधेश प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. ७ खर्ब ३ अर्ब रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आवमा यस प्रदेशले १३.१४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा यो वृद्धिदर १.५० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३५.१९ प्रतिशत योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.१५ प्रतिशत योगदान खानी तथा उत्खनन् क्षेत्रको रहने प्रारम्भिक अनुमान छ।
गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान ३४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान ०.१६ मा रहने संशोधित अनुमान गरिएको छ। यो प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २१.९५ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै २.१९ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी, गत आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै १५.६९ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै -३.३६ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
बागमती प्रदेश
बागमती प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.३६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा यस प्रदेशले ३६.२२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान छ।
त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आवमा यो वृद्धिदर १.७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २१.५३ प्रतिशत योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने र सबैभन्दा न्यून ०.२८ प्रतिशत योगदान पानी आपूर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान छ। गत आवमा पनि थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको योगदान अग्रस्थान २१.९८ प्रतिशत हुने र पानी आपूर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान ०.३० प्रतिशतमा रहने संशोधित अनुमान गरिएको छ।
यस प्रदेशमा क्षेत्रगतरूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २०.९३ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै -२.७१ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै १८.७० प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै -२.९८ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. ४ खर्ब ८४ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
चालु आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आवमा पनि यस प्रदेशले ९.०६ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ४.५५ प्रतिशत हुने र गत आवमा ३.३० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २५.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.३१ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ। गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान २५.४३ प्रतिशत हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३१ प्रतिशतमा रहने संशोधित अनुमान गरिएको छ।
यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२.८४ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै -१.९६ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २१.९७ प्रतिशत विद्युत् क्षेत्रको र सबैभन्दा थोरै -२.७६ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आवमा यस प्रदेशले १४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान छ।
त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आवमा यो वृद्धिदर १.९९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
चालू आवमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २९.६३ प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.३४ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ।
गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान २९.२७ प्रतिशत हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३३ प्रतिशतमा रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २८.९३ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै -१.४३ प्रतिशत उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी, गत आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २०.५७ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै -३.१४ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. २ खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आवमा पनि यस प्रदेशले ४.२८ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आवमा यो वृद्धिदर १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २९.५१ प्रतिशत योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.१७ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ। गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान २९.३२ प्रतिशत हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.१६ प्रतिशतमा रहने संशोधित अनुमान गरिएको छ।
यस प्रदेशमा क्षेत्रगतरूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २२.५२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै -१.०२ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २१.८७ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै -२.३१ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेशमा गत आवमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करीब रू. ३ खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.०९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आवमा यस प्रदेशले ७.१३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान छ।
त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आवमा यो वृद्धिदर १.५२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालू आवमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३३ प्रतिशत योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.१३ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ।
गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान ३२.४५ प्रतिशत हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.१२ प्रतिशतमा रहने संशोधित अनुमान गरिएको छ।
यस प्रदेशमा क्षेत्रगतरूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २२.३३ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै -१.८२ प्रतिशत उत्पादनमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।