काठमाडौं । एनएमबि क्यापिटल (NMB Capital)को कार्यालय स्थानान्तरण भएको छ । क्यापिटलको कार्यालय काठमाडौंको नागपोखरीबाट बालुवाटारमा स्थानान्तरण गरिएको बताइएको छ ।
ग्राहक, कर्मचारी र साझेदारलाई थप सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले कार्यालय स्थानान्तरण गरिएको क्यापिटलले जानकारी दिएको छ । नयाँ कार्यालयले आधुनिक तथा सुविधाजनक वातावरणमा ग्राहकलाई सेवा प्रवाह गर्न सक्ने कम्पनीले बताएको छ । सेवालाई थप गुणस्तरीय बनाउन नयाँ पूर्वाधारमा लगानी गरिएको कम्पनीको भनाइ छ ।