काठमाडौं । पिपुल्स पावर लिमिटेडले आधारभूत शेयरधनीहरूलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँका अधारमा ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते अनुमति पाएको छ ।
कम्पनीले सर्वसाधारणमा हकप्रद शेयर निष्कासन गर्नुपूर्व सञ्चालकलगायत आधारभूत शेयरधनीहरूलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न भनेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो । आगामी असार ५ गतेसम्म आधारभूत शेयरधनीहरूले हकप्रद वापत्को रकम जम्मा गर्नुपर्नेछ ।