काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा फ्लेक्सी फण्डको इकाई जेठ २६ गतेदेखि कारोबारमा आउने भएको छ ।
खुलामुखी प्रकृतिको यस योजनाले गत फागुन २५ गते इकाई बाँडफाँट गरेको थियो । ती इकाई सानिमा क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ ।
योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । इकाई खरीदका लागि आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र इकाई विक्रीका लागि आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
शनिवार तथा सार्वजनिक विदाका दिन योजनासँग समबन्धित सम्पूर्ण सेवाहरू बन्द रहने जानकारी कम्पनीले दिएको छ ।