काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारका लगानीकर्ताले ८४ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् ।
गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८३ अर्ब ८० करोड ४१ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९९ अर्ब १ करोड ११ लाख रुपैयाँ कायम भएको हो । प्रतिशतका हिसाबमा यो साता कुल बजार पूँजीकरण १ दशमलव ८९ प्रतिशत घटेको हो ।
यो साता समग्र धितोपत्र दोस्रो बजार घटेसँगै लगानीकर्ताको सम्पत्ति मूल्यमा पनि कमी आएको हो । यो साता नेप्से परिसूचक १ दशमलव ९३ प्रतिशत अर्थात् ५२ दशमलव १० अंकले घटेको हो ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ६९३ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६४० दशमलव ९६ विन्दुमा बन्द भएको हो ।
आगामी आर्थिक वर्षको बजेटपछिको साता लगानीकर्ता उत्साहित हुन नसक्दा बजार प्रभावित बनेको हो । आगामी वर्षको बजेटमा पूँजीबजारका लागि नयाँ विषय नसमेटिए पनि बजारमा नकारात्मक प्रभाव पर्ने खालाका व्यवस्था भएको छैन । लगानीकर्ता बजेटप्रति सकारात्मक बने पनि बजारमा भने उत्साह कम देखिएको हो । अझै पनि लगानीकर्ता अन्योलको अवस्थामा रहेको ब्रोकरहरूको बुझाइ छ ।
यो साता कुल कारोबार रकम ४ प्रतिशतभन्दा बढीले घटेको छ भने कारोबार कित्ता ३ दशमलव २० प्रतिशत कम भएको छ । गत साता ३० अर्ब ३० करोड रुपैयाँभन्दा बढीको ७ करोड ७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २९ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको ६ करोड ८४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यो साता औसत कारोबार रकम र कित्ता पनि घटेको छ । नेप्सेको तथ्यांकअनुसार गत साता औसतमा ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको १ करोड ७६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको १ करोड ७१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,640.96 | 2,693.06 | -52.1 | -1.93 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 451.33 | 461.2 | -9.87 | -2.14 |
कारोबार रकम (रू. हजारमा) | 29,040,105.44 | 30,308,408.72 | -1,268,303.28 | -4.18 |
कारोबार कित्ता | 68,461,612 | 70,725,337 | -2,263,725 | -3.2 |
औसत कारोबार रकम (रू. हजारमा) | 7,260,026.36 | 7,577,102.18 | -317,075.82 | -4.18 |
औसत कारोबार कित्ता | 17,115,403 | 17,681,334 | -565,931 | -3.2 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,399,011.18 | 4,483,804.18 | -84,793.00 | -1.89 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
लगानी समूह र म्यचुअल फण्ड समूहको परिसूचक बढ्यो
यो साता समग्र बजार घटे पनि लगानी समूहको शून्य दशमलव ९२ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव २६ प्रतिशत बढेको हो । यो साता बैंकिङ समूहको परिसूचक भने सर्वाधिक ३ दशमलव ९३ प्रतिशत घटेको छ ।
त्यस्तै लघुवित्तको २ दशमलव ६१ प्रतिशत, व्यापारिकको २ दशमलव शून्य ८ प्रतिशत, वित्तको १ दशमलव ८५ प्रतिशत, विकास बैंकको १ दशमलव ८४ प्रतिशत, अन्यको १ दशमलव ८३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, जीवन बीमाको १ दशमलव ५५ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४८ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ७४ प्रतिशत र जलविद्युतको शून्य दशमलव ७४ प्रतिशत परिसूचक घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
लगानी | 111.89 | 110.87 | 0.92 |
म्युचुअल फण्ड | 19.19 | 19.14 | 0.26 |
जलविद्युत् | 3,450.83 | 3,471.06 | -0.58 |
होटल तथा पर्यटन | 6,738.66 | 6,788.62 | -0.74 |
उत्पादन तथा प्रशोधन | 7,178.65 | 7,286.22 | -1.48 |
जीवन बीमा | 12,997.07 | 13,201.56 | -1.55 |
निर्जीवन बीमा | 12,206.35 | 12,411.32 | -1.65 |
अन्य | 2,299.96 | 2,342.80 | -1.83 |
विकास बैंक | 5,467.21 | 5,569.95 | -1.84 |
वित्त | 2,352.88 | 2,397.16 | -1.85 |
व्यापार | 4,254.91 | 4,345.31 | -2.08 |
लघुवित्त | 4,705.11 | 4,831.23 | -2.61 |
बैंकिङ्ग | 1,364.42 | 1,420.24 | -3.93 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)