काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा २१ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।
जेठ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरास्थित केसी ब्याङक्वेटमा बिहान ९ बजे आठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासनका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने र रित्त सञ्चालकमा आवश्यक सञ्चालक पदपूर्ति गर्ने प्रस्ताव पनि अघि सारेको छ ।
साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
कम्पनीको पूँजी संरचना परिवर्तन गरी कम्पनीको प्रबन्धपत्रको दफा ६ को व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।