सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बैंकिङ हबको रूपमा स्थापित हुँदै गएको छ । जिल्लामा बैंकहरूको शाखा भित्रिने क्रम बढेसँगै श्रीनगर बजार बैंकिङ हबको रूपमा चिनिन थालेको हो । पछिल्लो केही वर्षयता श्रीनगरमा बैंकहरूले आफ्नो शाखा खोल्ने काममा सक्रिय देखिएका छन् ।
अहिले श्रीनगरमा लक्ष्मी बैंक, जनता बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, ग्लोबल आईएमई बैंक, मुक्तिनाथ बैंक लगायत बैंकका शाखा रहेका छन् । यहाँ सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि सेवा दिँदै आएको छ । यहाँका एनआईसी एशिया बैंकले पनि शाखा थप गर्न तयारी गरिरहेको छ ।
सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर चलाउनेले ‘बिगतमा खलंगामा मात्रै बैंक थिए, कारोबार गर्न खलंगामा मात्रै जानुपथ्र्यो, अहिले श्रीनगरबाटै कारोबार हुँदै आएको छ,’ भने । अहिले श्रीनगरमा बैंक मात्रै होइन, वित्तीय संस्थाहरूको संख्या पनि निकै बढेको छ ।
श्रीनगरमा बैंकका दर्जन बढी शाखाहरू स्थापना भएपनि दुर्गम गाउँका नागरिकबीच बैंकिङ कारोबारप्रति आकर्षण कम भएको हिमालयन बैंकका शाखा प्रमुख सनत विकले प्रतिक्रिया दिए । जिल्लामा सरकारी तथा गैरसरकारी निकायहरूले वित्तीय साक्षरता अभियान नै चलाइएको भएपनि अहिले अधिकांश ग्रामीण भेगका जनताले बैंकिङ कारोबार गर्न मान्दैनन् ।
बागचौर नगरपालिका– १० पिपलनेटाका डिल्ली लामिछानेले बैंकिङ कारोबारभन्दा गाउँमा पैसा सापटी गरेर, ब्याजमा लगाएर कारोबार गर्न सजिलो हुने बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.