काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८४ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८६ लाख ९९ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १३ लाख ९२ हजारमा सिमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले नाफा घटेको हो । त्यस्तै खुद ब्याज आम्दानी घटेकाले र सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा
१ दशमलव ५० प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ८४ प्रतिशत पुगेको छ । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. ५० लाख छुट्याएकोमा चालू आवमा रू. ७३ लाख ६७ हजार छुट्याएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३ करोड ४६ लाख रहेको छ भने जगेडामा रू. २ करोड ७१ लाख सञ्चिती गरेको छ । कम्पनीले रू. ३६ करोड ६९ लाख सापटि लिएर,रू. १४ करोड १ लाख निक्षेप संकलन गरेर रू. ५७ करोड ५९ लाख कर्जा लगानी गरेको छ । यस कम्पनी र समाज लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.