काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४३ दशमलव ६८ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. २१ करोड ५३ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १२ करोड १३ लाखमा झरेको हो । चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले पनि नाफा घटेको हो । गत आवमा कम्पनीको खराब कर्जा ३ दशमलव ७४ प्रतिशत रहेकोमा चालू आवमा बढेर १० दशमलव ४१ प्रतिशत पुगेको छ ।
त्यस्तै कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ९ दशलमव १८ प्रतिशत र सञ्चालन नाफा ४३ दशमलव ६८ प्रतिशत घटेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब ५५ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब १८ करोड र रिटेन्ड अर्निङमा रू. ५६ करोड ८३ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ४ लाख छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा रहेकोमा चालू आवमा घटेर १५ रुपैयाँ ६४ पैसामा झरेको हो ।