काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।
नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।