काठमाडौं । दुईओटा बैंकले तीनओटा ऋणपत्रको ब्याजदर भुक्तानी गरेका छन् । प्राइम कमर्शियल बैंकले जारी गरेको ८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५ र १० प्रतिशत प्राइम डिबेञ्चर २०८५ नामक ऋणपत्रको आव २०७७/७८ देखि २०८०/८१ पुस मसान्तसम्मको ब्याज भुक्तानी गर्नुपर्ने रकम पुस मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताको बैंक खातामा पठाएको हो ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको ८.५ प्रतिशत आरविविएल डिबेन्चरको पनि आव २०७७/७८ देखि आव २०८०/८१ पुस मसान्तसम्मको ब्याज भुक्तानी गरेको जानकारी दिएको छ ।
विविध कारणले ब्याज रकम हालसम्म पनि खातामा प्राप्त नभएका लगानीकर्ताले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । यी तीनओटै डिबेन्चरको डिबेन्चर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गरी ऋणपत्रको ब्याज बापतको रकम प्राप्त गर्न सक्नेछन् ।
साथै, हितग्राही खातामा बैंक खाता नम्बर बैंकको मर्जर वा एक्विजिशनको कारणले परिवर्तन भएको भए अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ ।
साथै, ईटीडीएस प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताले हितग्राही खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउनुपर्नेछ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीले हकमा ब्याज रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।