दुई दिनमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो, कति छ आजको बजार भाउ ?

Share News

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमवार (आज) तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतवार प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ४६ हजार १०० रुपैयाँ तोकिएको छ । गत शुक्रवार १ लाख ४४ हजार ७०० रुपैयाँ तोकिएको सुनको मूल्य पछिल्ला दुई कारोबार दिनमा १ हजार ४०० रुपैयाँले बढेको हो । 

आइतवार प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि १ लाख ४५ हजार ४०० रुपैयाँ तोकिएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । आइतवार प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज रु १ हजार ७५० रुपैयाँ कायम भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।