काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबीच ट्रेनिङ्ग निड एसेसमेन्ट गर्ने समझदारी भएको छ ।
कर्मचारीको शीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनका लागि सहकार्य गरिएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले यो सहकार्यले आफ्ना कर्मचारीहरू बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीहरूको सामना गर्न र अपेक्षित परिणाम हासिल गर्न सक्षम बन्ने बताए ।
नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले ट्रेनिङ्ग निड एसेसमेन्टले उत्पादकत्व र सेवाको गुणस्तर बढाउनका लागि प्रभावकारी तालिम कार्यक्रम डिजाइन र सञ्चालन गर्न प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।
यस साझेदारीमार्फत एभरेस्ट बैंकले आफ्ना कर्मचारीको शीपमा आवश्यक सुधारको मूल्याङ्कन र सम्बोधन गर्न योजनावद्ध दृष्टिकोण अपनाउने लक्ष्य राखेको छ ।