पुस २, काठमाडौं (अस) । एनआईसी एशिया बैङ्कले रू. ३ अर्ब बराबरको ३० लाख युनिट ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । शुक्रवार प्रति युनिट रू. हजारमा ऋणपत्र विक्रीका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । सो यूनिटमध्ये रू. ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणलाई जारी गरिनेछ भने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र एनआइसी एसियाले आफ्नै पहलमा अन्य सङ्घसंस्थाहरूलाई लाई विक्री गर्नेछ ।
यस ऋणपत्रको विक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैङ्किङले गर्नेछ । बैङ्कले थप पूँजीका लागि ऋणपत्र निष्कासन गर्न लागेको जानकारी दिएको छ । यस ऋणपत्रमा लगानीको आधारमा बैङ्कले तोके बमोजिमको ब्याज उपलब्ध हुनेछ । हाल एनआईसी एसियाको चुक्तापूँजी रू. ८ अर्ब ३ करोड ११ लाख १७ हजार रहेको छ । चालू आवको पहिलो त्रैमासमा यस बैङ्कले रू. २७ करोड ८६ लाख ८८ हजार नाफा आर्जन गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.