शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन, राष्ट्रपति शैक्षिक कोष स्थापना गर्ने घोषणा । ५ अर्ब बजेट विनियोजन । २ अर्ब २१ करोड बजेट रंगीन पाठ्यपुस्तकका लागि । दिवा खाजामा ५ अर्ब रुपैयाँ ।
१ विद्यालय १ खेलकुद शिक्षक ५ अर्ब बजेट
आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई खानेपानीकाे सुविधा पुर्याउने घोषणा । मेलन्ची खानेपानीलाई ७ अर्ब विनियोजन ।
प्रधानमन्त्रि रोजगारलाई ५ अर्व १ करोड
व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका आधारमा श्रम सुरक्षित गरिने
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड विनियोजन
बृद्द भत्ता 3000 भयो
खानेपानी र सरसफाई क्षेत्रमा ४३ अर्ब ४६ करोड बजेट विनियोजन ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने घोषणा, १ अर्ब १० करोड बजेट विनियोजन ।
सामजिक सुरक्षा भत्ता १ हजार वृद्धि
९ लाख लाेपाेन्मुख र पिछडीएकाे लाभान्वित
स्वास्थ्य सेवा बीमा ७० वर्षलाइ १ लाख र परिवारलाइ पनि १ लाख वीमांक दाेब्बर
श्रम तथा रोजगारीको क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन
७० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई २ हजार बाट भत्ता बढेर ३ हजार पुगेको छ । एकल महिलाको मासिक भत्ता १ हजार वृद्धि र १ लाखको बीमा सरकारले गरिदिने ।
वैदेशिक राेजगारीकाे जानेकाे लागत राेजगारदाताबाटै उठाइने । श्रम र राेजगारीमा ७ अर्ब १४ करोड बजेट
अपांगता भएकालाइ राेजगार अपांग मैत्री स्वास्थ्य संस्था
युवा परिचालन वर्ष
चरम गरिबी भएको ठाउँमा गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालन हुने ।
तीनै प्रदेशमा स्काउट, गैससबाट युवा परिचालन गरी सेवा कार्यक्रम गरिने
सामाजीक सुरक्षा कार्यक्रम अन्तर्गत ६४ अर्ब ५० करोड विनियोजन
आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनकाे आयोजना गरिने ।
महीला बालबालिका र जेष्ठ नागरिकका लागि ७८ करोड
आलु र प्याजको आन्तरिक उत्पादन गर्न पहल गरिने
ऊखु उत्पादक किसानका लागि रू. ९५ करोड विनियोजन
रासायनिक मल खरिदको अनुदान बढाएर ९ अर्ब पुर्याइएको छ ।
शहरी क्षेत्रमा घरबाट निस्कने फोहोलाई व्यवस्थापन गरी मल उत्पादन गर्न कौशी खेतिलाई प्राथमिकता दिईने
सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गर्ने
गुणस्तरहीन खाद्यवस्तुको आयात नियन्त्रण गरिने सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गर्ने
हरेक स्थानीय तहमा एक जना कृषि प्राविधिक
सामुदायिक खेतीमा युवालाई आकर्षण गर्न रू. ५० करोड विनियोजन
गत बर्षका धेर्रै कार्यक्रम दोहोरिएका छन
सबै कृषकलाई मोबाइल एपको व्यवस्था गरिने कृषि तथा पशुपक्षि क्षेत्रमा ३४ अर्ब ३५ करोड बजेट विनियोजन
सिँचाई क्षेत्रमा२३ अर्ब ६३ करोड विनियोजन
जडिबुटी प्रसोधन केन्द्रलाई कम्पनीमा रुपान्तरण गरिने
भूमि ऐन ल्याइने भूमिको वर्गिकरण गरि उपयोग गरिने र अतिक्रम भएका सबै सरकारी जग्गा फिर्ता लिइने
सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजित ।
सहकारी क्षेत्रका लागि ७ अर्ब ६९ करोड विनियोजन
भूमि व्यवस्था र सहकारीकाे लागि ७ अर्ब ६९ करोड विनियोजन ।
आगामी अवमा दुध, माछा मासु, ताजा तरकारीमा आत्मनिर्भर हुने घोषणा
पर्यटन क्षेत्रलाई दुई अर्ब ६८ करोड बजेट विनियोजन
नेपाल एकीकरणका क्रममा प्रयोग भएका किल्ला र गढीहरूलाइ पर्यटकीय स्थलका रूपमा विकास गरिने
उपहार स्वदेशी उत्पादन मात्र दिन पाइने
हिमाली क्षेत्रमा केवलकारलाई प्राेत्साहित गरिने
२ अर्व ८७ कराेड औद्योगिक प्रवर्दनका लागि बजेट विनियाेजन
उदयपुर र हेटाैंडा सिमेन्ट कारखानाकाे क्षमता विस्तार गरिने । #Budget2076
नवलपरासीको धौवादीबाट फलाम उत्खनन् गरिने
नुवकाेट र काभ्रेकाे पाँचखालमा आर्थिक क्षेत्र स्थापना गर्न बजेट ।
नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने ।
चीन हुँदै तेस्रो मुलुकुँगको व्यापार शुरू गर्ने
नयाँ औद्योगिक कोरिडोरलाई विद्युत्का लागि बजेट छुट्याएको
सुत्केरी महिलाको यातायात सुविधाका लागि २ अर्ब २२ करोड बजेट विनियोजन । सुत्केरी भत्ता ३ हजार दिइने जसका लागि १५ करोड र बाल पोषणका लागि ६ अर्ब विनियोजन
सबै प्रदेशमा कम्तिमा २ ठूला जलविद्युत् वा नविकरणीय ऊर्जा परियोजना विकास गर्ने
बुढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड विनियोजन
ठूला जलविद्युत् आयोजनाको विकासमा सार्वजनिक निजी साझेदारीको ढाँचा अपनाइने
सामुदायिक र ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब ५० करोड वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि ३ अर्ब ४७ करोड
स्थानिय तहलाई फोहोर व्यवस्थापन अनुदान उपलब्ध गराउने
ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ४९ करोड विनियोजन
पूर्व पश्चिम राजमार्गका लागि १९ अर्ब १८ करोड विनियोजन
डोल्पा जिल्लाको सदरमुकाममा यसै वर्ष सडक पुर्याईने
विपि राजमार्गको सुधारका लागि ९६ करोड
काठमाडौं १ अर्ब ८१ कारेडा कान्तीपथका लागि ६१ करोड
नयाँ वानेश्वरमा अण्डरपास
काठमाडौं चक्रपथ सडकका लागि १ अर्ब ८१ कारेडा कान्तीपथ सडकका लागि ६१ करोड
सडक क्षेत्रका लागी दुई अर्ब १५ करोड बिनियोजन
आगामी वर्ष २०० पुल निर्माण गर्न निर्माणधिन पुल निर्माणका लागि७ अर्ब ४७ करोड
रेल तथा मोनोरेलको लागी सात अर्ब
काठमाढडौं र सहरी क्षेत्रमा मेट्रो तथा मोनोरेल सञ्चालनका लागि ७ अर्ब ७० करोड
अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहदा काठमाडौंमा हावाहुरी र भारी वर्षा
फास्ट ट्र्याकका लागि १५ अर्ब विनियोजन । वीपी राजमार्गको सुधारका लागि ९६ करोड विनियोजन ।
मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड । डोल्पा सदरमुकाममा यसै वर्ष र हुम्लामा अर्को वर्ष सडक पुर्याइने
ठूला यात्रु क्षमताका सवारीलाई प्रोत्साहन गरिने
यातायात व्यवस्थापनका लागि १ अर्ब ५३ करोड
पुन: आफ्नो गाउँ आफै बनाउँ नारा ब्युताइने
काठमाण्डौं उपत्यकामा ३००० क्षमताको नागरिक सम्मेलन केन्द्र स्थापना गरिने
काठमाडौंका सडकमा अनिवार्य फुटपाथ
४ वर्षभित्र स्थायि क्षेत्रका सडकलाई राजधानीसँग जोड्न ५ अर्ब ७ करोड
तुईन पूर्ण रुपमा विस्थापित गर्न ४ अर्ब ३८ करोड
महाकाली नदिमा बनाउन लागेको चार लेनको मोटरेवल पुलका लागि ९० करोड बजेट विनियोजन
हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड विनियोजन
पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । रेल, सडक, पुल तथा पूर्वाधार क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । काठमाडौं उपत्यका र सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । सरकारले निर्माण गर्ने सडक कम्तीमा २ लेनको हुने छ ।डोल्पा जिल्ला सदरमुकाम यसै वर्ष सडक पुर्याइने र हुम्ला सदरमुकाममा आगामी वर्षभित्र पुर्याइने छ ।
काठमाडौंको मुलपानीमा निर्माणधिन क्रिकेट मैदान दुई वर्षभित्र निर्माण सम्पन्न गर्न १० करोड विनियोजन
स्वास्थ्यको के – के विषय परयो ? अर्थमन्त्री डा. खतिवडाकै शव्दमा …. विकासको साध्य र साधन दुबै नागरिक नै भएकोले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सबल मानव पूजि निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरेको छु । आधारभुत स्वास्स्थ्य सेवालाई निशुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । स्वास्थ्य सेवालाई सर्भसुलभ र गुणस्तरीय बनाइने छ । स्थानीय तहका सेवा प्रदायक संस्था बाट प्रदान गरिने तोकिएका आधारभूत स्वास्थ्य सेवा भरपर्दो बनाइने छ । सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने गरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बिमाले समेटने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्यकेन्द्रबाट उपलव्ध गराइनेछ । विमितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि न्युनतम गुणस्तर मानक निर्धारण गरिनेछ । मुलुकका सबै जिल्लामा स्वास्थ्य बिमा योजना सञ्चालन गर्न छ अर्व विनियोजन गरेको छु । महिलाहरुमा बढदो क्रममा रहेको सर्भाइकल तथा स्तनक्यान्सर जस्तो घातक रोग पहिचानका लागि निशुल्क स्वास्थ्य परीक्षण, र सर्भाकल क्यान्सर विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्न र सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छु । हरेक स्थानीय तहका वडास्तर देखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रुपमा गरिनेछ । विपन्न नागरिकका लागि आठ प्रकारका जटिल र असाध्य रोगको उपचारका लागि अनुदानमा बृद्धि गरी रु २ अर्व २० करोड पुरयाएको छु । क्यान्सर उच्चरक्तचाप र मधुमेहको जस्ता बढदो प्रबृत्तिका रोगहरुको रोकथाम र निदान कार्यक्रम गर्न आवश्यक बजेट विनियोजन गरेको छु । आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्ता दे िखनै प्रसूति सुरक्षा सेवा पुरयाउइनेछ । यस अन्तरगर्त गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संसथमा सुत्केरी हुनेका लागि प्रदान हुने यातायात खर्चका लागि रु २ अर्व २२ करोड विनियोजन गरेको छु । बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि रु ६ अर्व बिनियोजन गरेको छु । मुलुक भरका करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै उनीहरुको कार्यलाई थप प्रोत्साहन गर्न बार्षिक रुपमा उपलव्ध गराउदै आएको यातायात खर्च स्वरुप बार्षिक रु ३ हजारका दरले उपलव्ध गराउन रु १५ करोड विनियोजन गरेको छु । पश्चिम तराईमा रहेको सिकलसेल एनिमिया रोकथाम गर्न विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु । क्षयरोग, एडस तथा यौन रोग र कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि रु १ अर्व ८२ करोड विनियोजन गरेकोछु । स्थानीय तह प्रदेश र विभिन्न संघसंस्था स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई साझेदारीमा सञ्चालन गर्न रु १ अर्व विनियोजन गरेकोछु । स्वास्थ्य पूर्वाधार नभएका स्थानीय तहहरुमा कम्तिमा एक प्राविधिक अस्पताल स्थापना गरी सबै स्थानीय तहमा न्युनतम १ चिकित्सकको व्यवस्था गरिनेछ । आधारभूत स्वास्थ्य सेवा स्थानीय तहका सबै वडाहरुमा उपलव्ध गराउन स्थानीय तहको लागत सहभागिता स्वास्थ्य संस्था निर्माण गर्न रु ५ अर्व विनियोजन गरेकोछु । निर्माणाधिन अस्पतालहरुरको भवन निर्माण सम्पन्न गर्न रु ५ अर्व ५७ करोड र १५ सैयाँको प्राथमिक अस्पताल स्तरोन्नती गर्न रु १ अर्व २६ करोड विनियोजन गरेको छु । सबै प्रदेशमा कम्तिमा एक अस्पतालबाट विशिष्टीकृत सेवा प्रदान गर्ने नीति अनुरुप कोशी अस्पताल भरतपुर अस्पताल,नारायणी उपक्षेत्रीय अस्पताल,भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्न रु १ अर्व बिनियोजन गरेको छु । गण्डकी प्रदेशमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, कर्णाली प्रदेशमा क्षेत्रीय अस्पताल सुर्खेतबाट यस्तो सेवा उपलव्ध हुनेछ । राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न रु ४० करोड विनियोजन गरेको छु । मनमोहन कार्डियोभास्कुलर टान्सप्लान्ट सेन्टरको पूर्वाधार निर्माण, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालमा ल्याउन, सिराहामा क्यान्सर अस्पताल निर्माण गरी विपी कोइरालाको विस्तारीय सेवा प्रदान गर्न र जिपी कोइराला राष्ट्रिय स्वास्वप्रस्वास केन्द्रको उपचार सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानवअंगको म्याचिङ टेष्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको छु । वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको विशिष्ठकृत सेवा सहितको उत्कृष्ठता केन्द्रको रुपमा विकास गरिनेछ । भक्तपुरको दुवाकोटमा बीर अस्पतालको सेवा विस्ताररका लागि आगामी आवमा विस्तृत अध्ययन सम्पन्न गरी आधुनिक भवनको निर्माण कार्य अघि बढाउन रु ४० करोड विनियोजन गरेकोछु । केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त निदानकेन्द्रको रुपमा स्तरोन्नती गरिनेछ । तीन बर्ष भित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरु सञ्चालनमा ल्याइनेछ । सम्वन्धीत प्रदेशसंगको लागत सहभागितामा पदेश जनस्वास्थ्य प्रयोगशाला सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारण निर्माण तथा जनशक्ति व्यवस्थापन गरिनेछ । आधुनिक चिकित्साका अलावा आयुर्वेदिक होमियोप्याथिक युनानी,अकुपेन्चर आम्ची र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतीको अनुसन्धान विकास र उपयोगमा जोड दिइनेछ । प्राथमिक अस्पतालहरुमा टेलिमेडिसिन शिक्षा पद्धतीमार्फत २४ घण्टा आधारभूत स्वास्थ्य सेवा उपलव्ध हुनेछ । स्वस्थ नागरिक स्वास्थ समाज स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याइनेछ । सार्वजनिक यातायातका साधनहरुमा धूमपान र मध्यपान पूर्णरुपमा निशेध गरिनेछ । टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा रु ६८ अर्व ७८ करोड विनियोजन गरेको छु ।
लोककल्याणकारी विज्ञापनमा १५ प्रतिशत वृद्धि
श्रमजीवि चलचित्र कर्मिलाई सामाजीक सुरक्षाको दायरामा ल्याईने
खोलौ बैंक खाता अभियानलाई सञ्चालन गरी सबै नेपालीको खाता खोलिने
गैर आवासिय नागरिकले पनि धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने वातावरण वनाईने
अनलाइन कारोबार प्रणालीलाई सुरक्षित र पारिदर्शी बनाईने
पाँच बर्ष भित्र डिजिटल नेपालको फ्रेमवर्कसमेत तयार पारिने . देशभरका सरकारी तथा अन्य सार्वजनि संस्थामा विद्युतिय माध्यबाट कारोबार गर्ने व्यवस्था मिलाइने । फ्रिक्वन्सी अक्सनलाई प्रभावकारी बनाई कार्यन्वयनमा ल्याइने छ । देशैभर ब्रोडव्यान्ड इन्टरनेटको पहूँच पुर्याइने ।
धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको नियमनलाई प्रभावकारी बनाउने
हेजिङ नियमावलीलाई प्रभावकारी बनाई विदेशी लगानी सुरक्षित गरिने
२० प्रतिशत र १८ प्रतिशतले तलव बृद्धि
महंगी लगायतको भत्ता यथावत
राजपत्र अनङ्कित 20% राजपत्र अङ्कित 18% महंगी लगायतको भत्ता यथावत
शाखा अधिकृतभन्दा माथिको तहको तलब १८ प्रतिशत बढ्यो, नायब सुब्बाभन्दा तलको तहको तलब २० प्रतिशत बढ्यो
मूल्य अभिवृद्धि कर यथावत हानिकारक वस्तुलाई निरुत्साहित गर्न भन्सार कर वृद्धि उद्योगका लागि भन्सार महशुल दर घट्यो
पूँजीगत लाभकर ५ प्रतिशत
भारित औषत लागतको आधारमा पूँजीगत लाभकर गणना
लाभकर गणनाको विषयमा लामो समयदेखि रहेको अन्योल हट्यो
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५ लाखलाई रोजगारी दिइने