काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हालको प्रबन्ध निर्देशक) संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
टेलिकमको बिलिङ प्रणालीलगायतमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हालको प्रबन्ध निर्देशक) पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरू राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराईविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी एसियाइन्फो-लिङ्केज टेक्नोलोजीज (चीन) इंक (हाल : एसियाइन्फो युङहाङ सफ्टवेयर (बेइजिङ) लिमिटेड) तथा उक्त कम्पनीका वरिष्ठ निर्देशक लङ योङ, सीआरबीटी एण्ड सीएस परियोजना कार्यालय, काठमाडौंका तत्कालीन सञ्चालन/परियोजना प्रबन्धक हुआङ वेई (पहेंलो) र स्थानीय एजेन्ट अर्निको इन्टरनेशनल प्रा.लि.का निर्देशक शैलेस श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ ।
त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्न माग गरिएको छ ।
प्रेस विज्ञप्ति