काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिन्धुलीले कमलामाईमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारवाला पक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिइएको बताइएको छ ।
कर्जाको सदुपयोग, उद्यमशीलताको विकास, स्थानीय स्रोत साधनको प्रयोग गरी आयआर्जन वृद्धि गर्दै न्यून आय भएका वर्गको आर्थिक सामाजिक स्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा कमलामाई नगरपालिका–९ का अध्यक्ष विनोद प्रधानले सदस्यलाई धेरै संस्थामा कारोबार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्ध तथा उद्यमी बन्न सुझाव दिए । संस्थाका ग्राहक सदस्यले आफूलाई उद्यमी बन्न सिकाएकोमा संस्थालाई धन्यावाद दिएका थिए ।
शाखा प्रबन्धक जानकीकुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न सुझाव दिँदै आएको र आगामी दिनमा नवीनतम सेवा उपलब्ध गराउन संस्था तयार रहेको बताइन् ।
कार्यक्रममा कर्जा बीमा रकम भुक्तानी तथा एसईईमा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोराछोरीलाई छात्रवृद्धि बापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।