काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशको विराटनगरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
‘बिट द प्लाष्टिक’ नारासहित आयोजित कार्यक्रममा १०० भन्दा बढी बिरुवा रोपिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम गरेको जनाएको छ ।
बैंकले हाल देशभर २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइमार्फत करीब १९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।