काठमाडौं । अब घरजग्गा कारोबारमा खरीदकर्ता र विक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ ।
घरजग्गा कारोबार गर्दा खरीदकर्ता र विक्रीकर्ताको बैंक स्टेटमन्ट पनि अनिवार्य चाहिने गरी यही जेठ २० मा विभागले निर्देशन ल्याएकोमा आइतवार त्यसलाई संशोधन गरिएको हो । यसमा प्रधानमन्त्रीले समेत चासो देखाउनुभएको थियो ।