काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण कात्तिक १८ गते बोलाएको छ ।
कम्पनीको गत असोज ७ गतेको सञ्चालक समितिको बैठकले आरण्य बुटिक होटल मनकामना मार्ग हात्तिसार,काठमाडौंमा दिउँसो ४ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २१ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।
कम्पनीको हाल कायम चुक्तापूँजी रू.२० करोडको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने विषयसमेत सभाका लागि तय भएको छ ।
पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।