उदय बीसी
दाङ । दाङको घोराही नगरपालिकामा सरकारी अनुुदानस्वरूप आउने बजेट करीब रू. १ करोड घटेको छ । गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा सरकारी अनुुदान रू. ९४ लाख घटेर आएको नगरपालिकाले बताएको छ । स्थानीय विकास शुुल्क गत आर्थिक वर्षको भन्दा रू. ६१ लाख घटेर आएको नगरपालिकाका कार्यकारी अधिकृत तुुफानसिंह केसीले जानकारी दिए । गतवर्ष उक्त बजेट रू. २ करोड २० लाख आएको थियो । गत आर्थिक वर्ष नगरपालिकाको अनुुदान र स्थानीय विकास शुुल्क गरी रू. ४ करोड ८२ लाख सरकारी बजेट आएको थियो । तर, चालू आर्थिक वर्षमा दुुवै शीर्षकमा गरी रू. ३ करोड ८८ लाख मात्रै बजेट आएको हो । ‘यस आवमा नगरपालिकालाई सरकारी दुुवै शीर्षकको अनुुदान घटेर आएको छ,’ उनले भने, ‘उक्त बजेटले निर्धारित योजनाको काम अघि बढाउन अन्योल देखिएको छ ।’
बजेट घटेर आउँदा सबैभन्दा बढी हरितनगरको काम प्रभावित हुुने देखिएको नगरपालिकाले बताएको छ । गतवर्ष हरितनगरका लागि रू. ४० लाख आएकोमा यस वर्ष भने रू. २५ लाख मात्रै बजेट आएको कार्यकारी अधिकृत केसीले बताए । ‘नगरपालिकाको कार्ययोजना सधैं अघिल्लो वर्षमा आएको बजेटको आधारमा बनाइन्छ । तर, यस वर्षको बजेट हेर्दा यसको पूर्ति गर्न नगरपालिकास“ग कुुनै स्रोत छैन,’ केसीले भने । नगरपालिकाले घोराही नगरलाई हरितनगरको रूपमा विकास गर्न बनाएको कार्ययोजनामा बजेटको कमीले ठूलो प्रभाव पार्ने देखिएको छ । चालू आर्थिक वर्षमा रू. २५ लाख बजेटले केही साधारण कामबाहेक अन्य काम गर्न नसकिने नगरपालिकाले बताएको छ ।
सरकारी अनुुदानको रकम घटेर आउँदा अहिले नगरपालिकामा उपभोक्तासँग गरिने योजना सम्झौताको काम पनि रोकिएको नगरपालिकाले बताएको छ । अनुुदान रकम घटेर आउँदा सबै निर्णय भएका योजनामा करीब २० प्रतिशत बजेट घट्ने देखिएकाले आम उपभोक्तास“ग छलफल गरेर मात्रै योजना सम्झौताको काम सुुचारु गरिने कार्यकारी अधिकृत केसीले बताए । बजेट घटेर आउँदा वडा तथा नगरस्तरमा सरकारी अनुुदानमा सञ्चालन हुुने योजनाका साथै लक्षित वर्गका कार्यक्रम पनि प्रभावित हुुने देखिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.