काठमाडौं । ‘सूर्याेदयको देश’ भनेर चिनिने जापानमा शैक्षिक भविष्य बनाउन चाहने विद्यार्थीलाई आवश्यक परामर्श, प्रशिक्षणलगायत सेवा प्रदान गर्न शुभ बिहानी कन्सल्टेन्सी प्रालि खुलेको छ । अध्ययनसँगै रोजगारीको समेत ग्यारेण्टी भएका कारण अहिले नेपालबाट जापान जानेको सङ्ख्या बढिरहेको छ ।
नेपालबाट जापान जाने विद्यार्थीको चाहना पूरा गराउन उक्त कन्सल्टेन्सीले भाषा प्रशिक्षणदेखि भिसा प्रक्रियामा समेत निःशुल्क सेवा उपलब्ध गराउने कन्सल्टेन्सीका सञ्चालक अविरल लामाले जानकारी दिए । साथै, जापानमा उपयुक्त विश्वविद्यालय तथा शहरको छनोटमा पनि उक्त कन्सल्टेन्सीले सहयोग गर्नेछ । साथै, जापान गएपछि रोजगारीका लागि समेत सहयोग गरिने बताइएको छ । कन्सल्टेन्सी काठमाडौंको कोटेश्वरमा रहेको छ । स्थापनाको अवसरमा जापानी भाषा सिक्ने व्यवस्थासमेत गरिएको छ । जापानमा अन्तरराष्ट्रियस्तरको विभिन्न विषयमा अध्ययनका साथै रोजगारीको समेत व्यवस्था हुने भएकाले विद्यार्थी आकर्षण बढिरहेको लामाले बताए ।