काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । यसमा विक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ ।
यस्तै, कालिन्चोक हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
यी दुवै कम्पनीले सेबोनबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।