काठमाडौं । कामना सेवा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा ८ दशमलव ४० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३० करोड ५६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३३ करोड १३ लाख पुगेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४ दशमलव ६८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू.१ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. १ अर्ब ४५ करोडमा सिमित भएको हो । प्रतिशेयर आम्दानी भने सामान्य बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९७ पैसा रहेकोमा चालू आवमा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको हो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २८ करोड ७३ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ रू. १५५ दशमलव ३४ र तरलता अनुपात २३ दशमलव ९६ प्रतिशत रहेको छ ।
चुक्ता पूँजी रू.३ अर्ब २८ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १ अर्ब ५२ करोड र रिटेन्ड अर्निङमा रू.२८ करोड ७३ लाख सञ्चिती गरेको छ ।