सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुन: सञ्चालनको तयारी गरेको छ । उद्योगको ६५ प्रतिशत शेयरको हिस्सेदारसमेत रहेको वैद्य समूहले शेयरबापतको पहिलेको रकम सरकारलाई भुक्तानी गरे व्यवस्थापनको जिम्मा उसैलाई दिने तयारी गरिएको अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाले जानकारी दिएको छ ।
उद्योग सञ्चालनका लागि सो समूहसँग तीनपटक छलफल भएको महाशाखाअन्तर्गतको निजीकरण एकाइ प्रमुख वासुदेव शर्माले बताए । ‘उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारे शेयरहोल्डरसँग छलफल भइरहेको छ,’ उनले भने, ‘सरकारले छिट्टै यसको टुंगो लगाउनेछ ।’ सरकारलाई शेयरबापतको साँवा–ब्याज र कर्मचारीलाई दिनुपर्ने हालसम्मको रकम समूहले भुक्तानी गरे कारखाना सञ्चालनको जिम्मा दिन सकिने उनले बताए ।
वर्ष ८, अंक १२६, बुधवार, १० माघ, २०६९