काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।
बिहीवार (आज) अपराह्न १:३० बजे बसेको बैठकमा उनले उक्त सर्वेक्षण पेस गरेका हुन् । उक्त सर्वेक्षणमा चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ ।
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । औसत मूल्यवृद्धि ४.७२ प्रतिशत रहेको छ ।