काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आयोजना गरेको 'नास आईटी अवार्ड्स २०२४' शुक्रवार सम्पन्न भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनाहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न आयोजना भएको अवार्ड्समा विभिन्न ११ विधामा विजेताहरूको घोषणा र सम्मान गरिएको थियो।
अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तरराष्ट्रिय अवसर प्राप्त हुने नास आइटीले बताएको छ । बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आईसीटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरू अवार्डमा सहभागी थिए ।
अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ ।
यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बटालादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिग्रापुर, श्रीलक्वा, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।
कार्यक्रममा बोल्दै नास–आइटीका अध्यक्ष सन्तोष कोइरालाले सूचना प्रविधि उद्योगमा उत्कृष्टताको पहिचान र उत्सव मनाउन नास–आइटी अवार्ड महत्वपूर्ण हुने बताए । नास-आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठले संस्थाको यात्रा र नास-आईटी अवार्ड्स: रोड टु ब्रुनाईको पछाडिको दृष्टिकोणको बारेमा उल्लेख गरेका थिए ।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सूचना प्रविधि उद्योगको विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै नवप्रवर्तन र डिजिटल रूपान्तरणमा नास–आइटी अवार्डले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा 'गोइङ ग्लोबलः इनेबलिङ नेपाली आइटी कम्पनीज टु सक्सेस ग्लोबल' विषयक प्यानल छलफल समेत भएको थियो । विभूषण विष्टले सञ्चालन गरेको उक्त प्यानलमा विज्ञहरु अनिलकुमार दत्त, अगमा मालाकार, सञ्जय श्रेष्ठ र ऋचन श्रेष्ठ सहभागी थिए ।
कुन विधामा को विजयी