काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता २६० रुपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो । चैत १५ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी चैत २९ गते दिउँसो १ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन गर्दा न्यूनतम सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था रहेको छ । विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय बागदरबार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन चैत २९ गते नै दिउँसो १ः३० बजे खोलिने कार्यक्रम तय भएको छ ।