काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) नेपालमा स्थापित एवं क्रियाशील द्विराष्ट्रिय उद्योग वाणिज्य संघ मध्येबाट पाँचौंपटक उत्कृष्ट द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रूपमा सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त सम्मान संस्थालाई प्रदान गरिएको बताइएको छ ।
नेपाल र भारतका उद्योगी व्यवसायीबीच सुमधुर औद्योगिक व्यावसायिक सम्बन्ध स्थापित गरी नेपालको उद्योग, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको बताइएको छ ।