काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै लन्च भएका कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी नेपालगञ्जमा सार्वजनिक गरेको छ । नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेशनल शोरूममा यी ईभी सार्वजनिक गरिएको हो । कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सको लागि नेपालका देशीय निर्देशक प्रशन्न रंगनाथान र नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त बिष्टको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले सार्वजनिक गरिएका ईभी डिजाइन, प्रिमियम फिल, सफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र नेपालको बाटो सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरूको पहिलो रोजाइमा पर्ने बताए ।
देशीय निर्देशक रंगनाथानले टाटा र सिप्रदी विक्रीपछिको सेवाको लागि प्रतिबद्ध रहेको बताए । उक्त कार्यक्रममा नयाँ ग्राहकहलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो ।